एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप

एनआइएमबी एस क्यापिटलले माघ २ गते निष्कासन गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । ‘एनआइबीएल स्टेबल फन्ड’ मा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्म पुर्याइएको हो ।

क्यापिटलले कुल १० करोड इकाई बिक्री खुला गरेको हो । सोमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ ।

यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

Comments

Back to top