भारतको गुजरातमा डुंगा पल्टिँदा १२ बालबालिका र २ शिक्षकको मृत्यु

भारतको गुजरात राज्यमा एउटा डुंगा डुब्दा १२ बालबालिका र दुई शिक्षकको मृत्यु भएको छ ।

बीबीसीका अनुसार बडोदराको हरनी तालमा २७ जना सवार डुंगा डुबेको हो । डुंगामा २७ मध्ये चार शिक्षक र २३ जना साना विद्यार्थी थिए ।

तिमध्ये सातजनालाई जीवितै उद्दार गरेर स्थानीय अस्पतालमा भर्ना गरिएको छ । ६ जना हराएकाको खोजीकार्य भइरहेको समाचारमा उल्लेख छ ।

 

Comments

Back to top