नेप्से परिसूचकमा ७.२४ अंकको गिरावट !

बिहिबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका २९८ कम्पनीको कुल २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ, १३३ कम्पनीको मूल्यमा गिरावट छ भने, २ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ३ उपसमूहको परिसूचक बढेको छ र १० उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम हाइड्रोपावर कम्पनी रहेकाे छ जसको सेयर मूल्य ९.४३% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालय रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ८४ करोड ४२ लाख बरबारको सेयर कारोबार भएको छ। 

 

Comments

Back to top