ब्लु इनर्जीको प्रथम वार्षिक साधारण सभा माघ २८ गते

ब्लु इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा विहान ११ बजे गर्ने कम्पनीले जनाएको छ। कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत असार मसान्तको वासलात तथा सोही मितिसम्मको नीतिहरु सहितको तत् सम्बन्धी अनुसुचिहरु उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण नियुक्त गरी निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । संचालक समितिको गठन गर्ने, संचालकहरुको पारिश्रमिक र भत्ता निर्धारण गर्ने, संचालक समितिको कार्यहरु अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

Comments

Back to top