डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै गएको छ । फलस्वरुप नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा सकारात्मक रुपमा परेको हो ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् ।

Comments

Back to top