पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा २० जना घाइते
पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।
केपीको प्रान्तीय राजधानी सहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिन्डर पसलमा विस्फोट भएको प्रहरीले बताएको छ ।
विस्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले विस्फोटबारे अनुसन्धान सुरु गरेको बताएको छ ।
घटना लगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमकारअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।
Comments