नेप्सेमा १२.१० अंकको गिरावट, ९अर्ब ७६ करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०० कम्पनीको कुल ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ, १८० कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ४ उपसमूहको परिसूचक बढेको छ र ९ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा इस्टर्न हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलप्मेन्ट रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालय रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ८४ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा एनआइबिएल ग्रोथ फण्डको कारोबार भएको छ।

Comments

Back to top