नेप्से इन्ट्राडे अपडेट: ३९.९६ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ३९.९६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३९.९६ अङ्कले बढेर २२१५.१४ मा आएको हो। २९० कम्पनीको १९,००१,९९१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा तेह्रथुम पावर कम्पनी रहेको छ जसको सेयर मूल्य ८.५७% ले घटेको छ।

 

Comments

Back to top