इजरायल र हमासबीच नयाँ सम्झौता
युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउन इजरायल र हमासबीच सम्झौता भएको छ ।
कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले पनि गाजामा थप आधारभूत आपूर्तिलाई अनुमति दिने सहमति भएको बीबीसीले जनाएको छ ।
इजरायलले आक्रमण नरोक्दा गाजामा मानवीय संकट भयावह बन्दै गएपछि पछिल्लो सम्झौता भएको हो । लगातारको इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था कष्टप्रद बनेको छ ।
अमेरिकाले पछिल्लो सम्झौताले थप बन्धकहरूलाई पनि रिहा गर्न सक्ने आधार तयार भएको प्रतिक्रिया दिएको छ । अहिलेसम्म भएका छलफलहरू गम्भीर र गहन रहेको भन्दै अमेरिकाले छिटै युद्ध अन्त्य हुनेमा आफुहरु आशावादी भएको टिप्पणी गरेको छ ।
Comments