लोवर इर्खुवा हाइड्रोपावर २८ लाख ५ हजार कित्ता आईपीओ जारी गर्दै

लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा २८ लाख पाँच हजार ७५० थान साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले २८ करोड पाँच लाख ७५ हजार रुपैयाँमा आईपीओ निष्कासन गर्न मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडको रजिस्टार्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Comments

Back to top