नेप्सेमा ५४.५४ अंकको वृद्धि, ८ अर्ब २ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०४ कम्पनीको कुल २ करोड ३३ लाख ७० हजार ०५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१४ कम्पनीको सेयर मूल्य बढेको छ, ३१ कम्पनीको मूल्यमा गिरावट छ भने, २ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा ज्योती विकास बैँक बन्ड रहेकाे छ जसको सेयर मूल्य ९.९९% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ३१ लाख बरबारको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top