दोलखामा सुख्खा पहिरो खस्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते

सुख्खा पहिरोमा पुरिएर दोलखामा एक जनाको मृत्यु भएको छ । अन्ये दुई जना घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट लप्ची जाने सडक निर्माणका क्रममा सुख्खा पहिरो खसेको थियो ।

सुख्खा पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोमा पुरिएर सोही स्थानका ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ घाइते भएका छन् । घटनास्थल चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्रमा भएको र सडक तथा बाटोको पहुँच नभएका कारण घाइतेको उद्दार हुन समय लागेको छ ।

 

Comments

Back to top