पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण असफल
अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ ।
प्रान्त गभर्नरको कार्यालयलाई लक्षित गरी आत्मघाती बम हमला गर्ने प्रयासलाई सुरक्षा बलले असफल बनाएको हो ।
आक्रमणमा केही आक्रमणकारी मारिएको दाबी गरिएको छ । तीन सुरक्षाकर्मी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । युद्धग्रस्त अफगानिस्तानमा विगत नौ दिनमा यो चौथो विस्फोट हो । तीमध्ये तीन वटा राष्ट्रिय राजधानी काबुल सहरमा भएका थिए ।
यसअघि अफगानिस्तानको राजधानी काबुलमा विभिन्न दिनमा भएका तीन वटा विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको थियो । इस्लामिक स्टेट संगठनले मिनी बसमा भएको विस्फोटको जिम्मेवारी लिएको छ जसमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
Comments