आइतबार नेप्सेमा ३१.६२ अंकको वृद्धि!

आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ, ३३ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मेघा म्युचुअअल फण्ड १ रहेकाे छ जसको सेयर मूल्य ९.५३% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ६८ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top