राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरूले पाए निर्वाचन चिह्न

आसन्न राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरूले निर्वाचन चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिवार चुनाव चिह्न वितरण गरेको हो । आयोगका अनुसार उम्मेदवारहरूले सम्बन्धित दलकै चुनाव चिह्न पाएका छन् ।

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो।

आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन् ।

Comments

Back to top