अपडेट : नेपालगञ्जबाट काठमाडौंको जाँदै गरेको बस दाङमा पल्टिँदा १२ जनाको ज्यान गयो

नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ ।

भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिएकोे हो । इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीका अनुसार बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए । शवलाई लमहीको अस्पतालमा पठाइएको छ । २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ ।

 

Comments

Back to top