दाङमा भएको बस दुर्घटनामा कम्तिमा पाँचजनाको मृत्यु, २० घाइते

दाङमा शुक्रबार राति भएको यात्रुवाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कम्तिमा २० जना घाइते भएका छन् ।

राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट बस नदी किनारमा खसेर उत्तानो परेको प्रहरीले जनाएको छ ।

बसबाट पाँचजनालाई मृत अवस्थामा निकालिएको इप्रका भालुबाङका इन्स्पेक्टर उज्जवल सिंहले जानकारी दिए । त्यसबाहेक २० जना घाइते पनि निकालिएको छ ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दुर्घटना भएको थियो ।

Comments

Back to top