बालकुमारी घटनामा ज्यान गुमाएका सुजनको परिवारलाई गाउँपालिकाकाे ५० हजार सहयाेग

बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । आफ्नाे पालिकावासीकाे पीडामा आर्थिक सहयाेग गरेकाे गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी पाण्डेले बताए ।

सुजनको परिवारलाई यसअघि सङ्घ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।

गएकाे पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुदन र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति भएकाे थियाे ।

Comments

Back to top