साल्ट ट्रेडिङको लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार (पुस २५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Comments

Back to top