बिहिबार नेप्से झिनो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट!

बिहिबार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर ४ अर्ब ३० करोड ७७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको छ, ११७ कम्पनीको मूल्यमा गिरावट छ भने, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र रहेकाे छ जसको सेयर मूल्य ९.६०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन बैँकको प्रोमोटर सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ८५ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top