सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकियो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

बलात्कारको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडाैंले बुधबार यस्तो फैसला गरेको हो ।  गत पुस १३ मा लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका थिए ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको थियो । बुधबार ढकालकै इजलासले उनलाई सजाय तोकेको हो ।

उनीविरुद्ध परिवर्तित नाम गौशाला २६ ले मुद्दा दायर गरेकी थिइन् । अदालतले जरिवाना र क्षतिपूर्ति गरेर पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

सन्दीपले यो फैसलामा चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।

Comments

Back to top