नेप्से परिसूचकमा सामान्य अंकको वुद्धि, ५ अर्ब १३ करोडको कारोबार!

बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०१ कम्पनीको कुल १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको छ, ११८ कम्पनीको मूल्यमा गिरावट छ भने, ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ।सबैभन्दा धेरै गुमाउनेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.९५% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ७८ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top