हिमालयन हाइड्रोपावरको साधारण सभा आज

हिमालयन हाइड्रोपावरको १६औं वार्षिक साधारण सभा आज बस्दैछ।

कम्पनी सञ्चालक समितिको १ र २ गते बसेको बैठकको निर्णयले सभा पुस २५ गतेका दिन पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजे बार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९ र ८० को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ । साथै, कम्पनीको सभाले हाल कायम रहेको चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण समूहबाट सञ्चालक समितिम प्रतिनिधित्व गर्ने सञ्चालकहरुको पनि चयन गर्नेछ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुस १३ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरुमात्रै वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

Comments

Back to top