सरकारले सहिदको विवरण सच्याउने
सरकारले सहिदहरुको विवरण सच्याउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्चाउने निर्णय गरेको हो ।
बैठकले नेपाल राजपत्रमा छुट भएका सहिदहरुको नाम प्रकाशित गर्ने र थप केहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
Comments