नेप्से परिसूचक २०.६२ अंकले बढ्यो, ६ अर्ब माथिको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८०.१२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य बढेको छ, ७७ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.१९% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४९ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै निफ्राको कारोबार भयो।

Comments

Back to top