सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एकआपसमा गाभिएर बनेको लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) ले सोमवारबाट एकीकृत कारोबार सुरु गरको छ ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत मङ्सिर २९ गते स्वीकृति प्राप्त गरेको थियो । कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँमा आयोजना गरिएको एक समारोहमा साविक लक्ष्मी क्यापिटलका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका थिए ।

मर्जरपश्चात् राजीव सापकोटा कम्पनीको अध्यक्ष बनेका छन् भने विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीलाई निरन्तरता दिएका छन् । कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाको विस्तार गर्ने र सकारात्मक सोचका साथ आफ्ना सेवालाई थप सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउने विश्वास लिएको छ ।

मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्रमार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको छ।

Comments

Back to top