अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्थानीय समय अनुसार बिहान २ः१८ बजे एस्ट्रोबोटिकको पेरेग्रिन लुनार ल्याण्डरलाई लिएर आफ्नो पहिलो यात्राको लागि उडेको हो ।

करिब ४८ मिनेटपछि बिना कुनै समस्या रकेटबाट ल्यान्डर अलग भएपछि मिसन कन्ट्रोलका कर्मचारीले ताली बजाएर खुसीयाली मनाएका थिए ।

यूएलएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टोनी ब्रुनोले नासाको प्रत्यक्ष प्रसारणमा प्रक्षेपणको प्रशंसा गरे ।

उनले भने, “म निकै रोमाञ्चित छु । यो वर्षौंको कडा परिश्रमको परिणाम हो ।” “यो चन्द्रमामा फर्कने अहिलेसम्मको ने वास्तवमा नै सुन्दर अभियान भएको छ ।”

यूएलएका रणनीतिक योजना निर्देशक एरिक मोन्डाले प्रक्षेपणलाई ‘एकदम सही’ प्रक्षेपणको रूपमा वर्णन गरे ।“ये निकै ठीक छ । म हेर्नका लागि बाहिर नै निस्केको छु ।” उनले भने ।

यदि सबै कुरा योजनाअनुसार भयो भने पेरेग्रिनले फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्र ‘साइनस भिस्कोसिटाटिस’ अर्थात् ‘बे अफ स्टिकिनेस’ मा अवतरण हुनेछ ।

Comments

Back to top