नेप्सेमा ३६.५७ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब माथि!

सोमबार नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ४ अर्ब ६७ करोड ५२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१२ कम्पनीको सेयर मूल्य बढेको छ, २९ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

 

प्रमुख कारोबार

यस दिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नारायणी डेभलप्मेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.४६% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ८४ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै निफ्राको कारोबार भयो।

Comments

Back to top