नेप्से इन्ट्राडे अपडेट: १८.९२ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १८.९२ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १८.९२ अङ्कले बढेर २०४१.८४ मा आएको हो। २९५ कम्पनीको ५,३५८,४०५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ५ करोड बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ कृषी कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.३६% ले घटेको छ।

 

 

 

Comments

Back to top