मनकामना स्मार्ट र समता घरेलु लघुवित्त मर्जरमा जाने

मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्त मर्जरमा जाने भएका छन् । मनकामना स्मार्टको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ मा रहेको छ । समता घरेलुको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक बनेपामा हरेको छ ।

समता लघुवित्त र घरेलु लघुवित्त बीच मर्जर भएर समता लघुवित्त बनेको थियो । समता र घरेलुलाई नेपाल राष्ट्र बैंकले २०७७ साल चैत १० गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

समता घरेलुको एकीकृत कारोबार २०७८ साल वैशाख २ गते बिहीबारबाट भएको थियो । मर्जरपछि बनेको समता घरेलु लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिकामा रहने भएको थियो ।

मनकामना लघुवित्त र स्मार्ट लघुवित्तबीच २०७६ भदै २१ गते मर्जरमा जाने सझौतामा हस्ताक्षर भएको थियो। मर्जर सम्पन्न भएसँगै दुई संस्था गाभिएर बनेको संस्थाले साउन ११ गतेबाट एकीकृत कारोबार थाल्ने भएको थियो ।

Comments

Back to top