राष्ट्रियसभा निर्वाचन: आज उम्मेद्वारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । सातै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी मनोनयन दर्ताकालागि सबै तयारी पुरा भएको आयोगको भनाई छ । आज दर्ता गरिएको उम्मेदवारीउपर भोलि दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ ।

नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ताको प्रक्रियापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने २७ गते हुनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराइने छ ।
मतदाता नामावली हिजै प्रकाशित भइसकेको छ ।

मतदानका लागि मुलुकका सात प्रदेशमा एक÷एक मतदानस्थल र दुई÷दुईवटा मतदान केन्द्र कायम गरिएको छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म राष्ट्रियसभाका लागि मतदान हुनेछ ।

Comments

Back to top