बंगलादेश चुनावमा व्यापक हिंशा, न्यून मतदान
बंगलादेशमा आज आम निर्वाचनका क्रममा मतदान भैरहेको छ । विपक्षी दलले बहिष्कार गरेको यो चुनावका क्रममा व्यापक हिंशा भएको छ ।
कयौं स्थानमा झडप भएका खबर आएका छन् । चट्टोग्राममा भएको झड्पमा गोली लागेर दुई जनाको मृत्यु भएको ढाका ट्रिब्यूनले जानकारी दिएको छ । कतिपय स्थानमा बम विष्फोटका खबर पनि आएका छन् ।
चुनावी हिंशामा परेर अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । बंगलादेश नेशनल पार्टी बीएनपीसमेत सरकार विरोधी दलले यो चुनाव बहिष्कार गरेका छन्। ति दलले शनिबारदेखि ४८ घण्टे देशव्यापी हडताल आव्हान गरेका छन् ।
विपक्षी दलको बहिष्कार र आम हडतालका कारण बुथहरुमा मतदाताको न्यून उपस्थिति रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बंगलादेशमा करिब १२ करोड मतदाता छन् ।
चुनावपछि वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने लगभग पक्का छ।
Comments