नेप्सेमा गिरावटको क्रम जारी, कारोबार रकम ५ अर्ब २४ करोड!

आइतबार नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०४ कम्पनीको कुल १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर ५ अर्ब २४ करोड १४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ, १५९ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा तेह्रथुम पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.६९% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top