दुई कम्पनीको साधारणसभा आज हुँदै

ईङवा हाइड्रोपावर लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज साधारण सभा गर्दछन् । ग्लोबल आइएमई क्यापिटलले १६औं वार्षिक साधारण सभा आज पुस २२ गते कम्पनीको रजिष्टर्ड कार्यालय लक्ष्मणबाबु भवनको पहिलो तल्ला नक्सालमा उक्त दिन बिहान ९ बजे गर्ने जनाएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वाषिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीसम्बन्धी संशोधन प्रस्ताव गर्ने र उक्त संशोधनमा नियमनकारी निकायले संशोधन, परिवर्तन वा थपघट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन वा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, ईङवा हाइड्रोपावर लिमिटेडले चौधौं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आथिृक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धी र आयोजना निर्माणका लागि लिएका कर्जाहरु अनुमोदन तथा थप कर्जा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले प्रबन्ध्पत्र तथा नियमावलीको प्रस्तावित संशोधननमा नियमनकारी निका वा कार्यालयबाट कुनै फेरवदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Comments

Back to top