सर्लाहीको बरहथवामा भोलिसम्म निषेधाज्ञा
सर्लाहीको बरहथवा नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शुक्रबार प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि लगाइएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।
कर्फ्यू आदेश हटाएर निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा भोलि बिहान ८ बजसम्मका लागि जारी गरिएकोे छ ।
जारी सूचनामा भनिएको छ, ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोलि विहान बिहान ८ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’
Comments