इजराइल सीमा हिंसाले लेबनानमा ७६ हजार मानिस विस्थापित

इजराइलसँगको सीममा भएको करिब तीन महिनाको लडाइँमा लेबनानमा ७६ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ।

अक्टोबरको प्रारम्भमा इजराइल–हमास युद्ध सुरु भएपछि सीमा क्षेत्रमा हिंसा बढेको छ । शुक्रबार इजराइली सेना र प्यालेस्टिनी लडाकू समूहको लेबनानी सहयोगी एवं इरान समर्थित हिजबुल्लाहबीच शुक्रबार पनि गोलाबारी जारी छ ।

बिहीबार प्रकाशित प्रतिवेदनमा आइओएमले हिंसा वृद्धिले मुख्यरूपमा इजराइलको सीमामा रहेको दक्षिणी लेबनानका क्षेत्रबाट ७६ हजार १८ मानिस विस्थापित भएको उल्लेख छ । प्रतिवेदनअनुसार ८० प्रतिशतभन्दा धेरै विस्थापित लेबनानी आफन्तहरूसँग बसिरहेका छन् भने दुई प्रतिशतलाई मुलुकको दक्षिणी भागमा फैलिएको मुख्यरूपमा तटीय सहर टायर र हसबायाका सामूहिक आश्रयस्थलमा राखिएको छ ।

राष्ट्रसङ्घीय एजेन्सीका अनुसार बाँकी विस्थापितले अपार्टमेन्टमा भाडामा लिएका छन् वा सीमाभन्दा टाढाका क्षेत्रमा घरमा सरेका छन् । सीमापार हिंसामा लेबनानमा एक सय ७५ जना मारिएका छन् । मारिनेमा एक सय २९ हिजबुल्लाहका लडाकू र तीन पत्रकारसहित २० भन्दा धेरै सर्वसाधारण रहेका छन् ।

Comments

Back to top