भारतीय विदेशमन्त्री जयशंकरले आज पुनर्निमाण परियोजनाको उद्घाटन गर्दै
भारतीय विदेशमन्त्री एस जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन हिजो काठमाडौं आएका जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्न लागेका हुन् ।
बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि उनी पशुपति मन्दिर जाने कार्यतालिका छ ।
विदेशमन्त्री जयशंकर आजै स्वदेश फर्किंदै छन् । जयशंकर दिउँसो साढे १२ बजे भारत फर्कने छन् । हिजो विहान १० बजे काठमाडौं उत्रिएका जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् ।
Comments