नेप्सेमा ८.७१ अंकको गिरावट, कारोबार रकममा भने वृद्धि!

बिहिबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०३ कम्पनीको कुल १ करोड ६० लाख १०१ कित्ता सेयर ५ अर्ब ५८ करोड ११ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ, १२८ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा कालिका पावर कम्पनी लिमिटेड र सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.५६% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोडको ४५ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top