भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, परराष्ट्रमन्त्री साउदले गरे स्वागत

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनलाई नेपालका परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन्।

उनी नेपाल–भारत आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् । बैठक आजैदेखि काठमाडौँमा सुरु हुँदैछ ।संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री जयशंकरले आजै ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवास पुगेर भेट गर्ने कार्यतालिका छ । यस्तै १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने तालिका रहेको छ ।

Comments

Back to top