तीन कम्पनीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लक्ष्मी सनराइजको ७ प्रतिशत, मुक्तिनाथको ९.७५ प्रतिशत र शिवम्को १४.२५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो।समायोजनपश्चात लक्ष्मी सनराइजको मूल्य १८१ रुपैयाँ ६५९ पैसा कायम भएको छ भने मुक्तिनाथको ३७१ रुपैयाँ ७५ पैसा र शिवम् सिमेन्ट्सको ५१७ रुपैयाँ २९ पैसा कायम भएको छ।

Comments

Back to top