नेप्से परिसूचक २७.९० अंकले वृद्धि!

बुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८.०० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०६ कम्पनीको कुल १ करोड ५ लाख ४९८ कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २०९ कम्पनीको सेयर मूल्य बढेको छ, ३० कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.१०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडको ६३ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top