प्रिओपन सेसनमा नेप्सेमा ०.८४ अंकको वृद्धि !
बुधबार प्रिओपन सेसनमा नेप्से ०.८४ अंकले बढेको छ।
मंगलबार ३०.०५ अंकले घटेर २०३०.१० मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०३०.९४ मा खुलेको हो। कुल २,३६७ कित्ता सेयरको खरिदबिक्री करिब ६ लाखमा ५५ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ३८ कम्पनीमध्ये १७ को मूल्य बढ्यो भने १२ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।
यस अवधीमा कुल ६२ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments