नेप्सेमा ३०.०५ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ४ करोड!

मंगलबार नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर ४ अर्ब ४ करोड ४५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३७ कम्पनीको सेयर मूल्य बढेको छ, २०५ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडको ११ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा  हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top