सर्वाेत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वाेत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

त्यस्तै, कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपरासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो ।

यस आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा माघ १० गते र ढिलोमा २५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने माघ १० गतेसम्म म्याद तोकिएको छ ।

Comments

Back to top