सोमबार नेप्सेमा ८.७५ अंकको गिरावट!

सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०६ कम्पनीको कुल १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर ४ अर्ब ४८ करोड ३९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७७ कम्पनीको सेयर मूल्य बढेको छ, १५९ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सिइडीबी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेड चिरख्वा हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.०९% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोडको १३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सोनापुर मिनर्लस् एण्ड आयल कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top