नेप्से इन्ट्राडे अपडेट: ११.१९ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ११.१९ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ११.१९ अङ्कले बढेर २०८०.१० मा आएको हो। २९७ कम्पनीको ५,२९८,३२८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब १५ करोड बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा सनराइज फर्स्ट म्युचुअल फण्ड लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.७७% ले घटेको छ।

 

 

 

Comments

Back to top