हकप्रद शेयर निष्काशनका लागि सिंगटी हाईड्रो इनर्जीको बुक क्लोजको मिति तय

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुक क्लोजको मिति निर्धारण गरेको छ । कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्ने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

Comments

Back to top