एचआईडीसीएलको लाभांश घोषणा
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले यो पटक सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनार्थ एचआइडीसीएलले बुधबार पुस १८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, मंगलबार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments