नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को पुस १७ गते वार्षिक साधारण सभा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मंगलबार पुस १७ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  साधारण सभामा  कम्पनीले ४.२१०५% नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, पुस ५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। साधारण सभा, अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

Comments

Back to top