मर्जरको प्रस्ताव सहित श्रृजनशील र मानुषी लघुवित्तले बोलायो विशेष साधारण सभा

श्रृजनशील लघुवित्त वित्तिय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरको प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २८ गते शनिबार बिहान साढे १० बजे सभा बोलाएका हुन् ।

श्रृजनशील लघुवित्तले संस्थाको केन्द्रीय कार्यालय, गोलबजार सिराहामा सभा बोलाएको छ भने मानुषी लघुवित्तले पुतली घर रिसोर्ट, साँगा काभ्रेपलाञ्चोकमा सभा डाकेको छ ।

कम्पनीहरुको सभाले आपसमा मर्जरसम्बन्धी संचालक समितिको प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनका लागि मूल्यांङ्कनकर्ता ‘संजय चौधरी एण्ड एसोसिएट्स’ बाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांङ्कन प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात स्वीकृत गर्नेछ ।

त्यस्तै, सभाले मर्जर प्रयोजनका लागि भएको काम कारबाहीको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने, संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संसोधनसहित सदस्य तथा संचालकको नियुक्ती गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा पुस १९ गतेसम्म कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Comments

Back to top